IME Life New

एशियन लाइफ इन्सोरेन्सद्वारा १२ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बारा । एशियन लाइफ इन्सोरेन्स कम्पनीले मृत्यु दावी वापत १२ लाख रुपैयाँ बीमितको घरैमा पुगेर भुक्तानी गरेको छ ।
एशियन लाइफ इन्सोरेन्सको कलैया शाखाले बीमित कलैया–८ स्थित लहेरवा टोल बस्ने ४४ वर्षीय कमल गोसाईको घरमै पुगेर १२ लाख रुपैयाँ ६५ हजार चेक रकम प्रदान गरेको हो ।

बीमित गोसाईको जिप दुर्घटनामा परी गत फाल्गुण ६ गते निधन भएको थियो । गोसाइले २०७५ चैत्र २९ गते १५ वर्षीय ५ लाखको दम्पती सुरक्षा प्लस बिमा गराएका थिए । पहिलो किस्ता बापत गोसाईले ४५ हजार ९ सय २९ रुपैया मात्र बुझाएकोमा उनको निधन भएको थिो । कम्पनीेले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको हो । त्यस्तै, गोसाइले २०६९ साउन ९ गते १ लाखको १५ बर्षिय अग्रिम भुक्तानी बीमा योजना गराएका थिए ।

Esewa
Crest

दम्पती सुरक्षा प्लस बिमा वापत १० लाख २६ हजार पाँच सय र १५ बर्षे अग्रिम भुक्तानी बिमा योजना अन्तरगत २ लाख ३८ हजार सात सय गरी जम्मा १२ लाख ६५ हजार दुई सयको चेक प्रदान गरेको हो ।

एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड कलैया शाखाका प्रबन्धक शंकर परियारले गोसाईकी पत्नी मन्जु देवीलाई चेक प्रदान गर्दै भने ‘बीमा बचतको साथै सुरक्षा पनि हो ।’ बीमाको महत्वबारे जानकारी गराउँदै परियारले उक्त कार्यक्रममा सुरक्षित जीवन र आर्थिक अवस्थाको लागि बिमा अनिर्वाय भएको बताए ।

दम्पत्ति सुरक्षा बीमा अन्तर्गत गोसाईकी पत्नी मन्जु देवीको जोखिम एशियन लाईफ इन्स्योरेन्सले अझै बहन गर्ने बताउँदै बीमा अवधी समाप्तीमा पुनः पाँच लाख पुन भुक्तान गर्ने प्रबन्धक परियारले प्रष्ट पारे । -कलैयाबाट राजु साहको सहयोगमा (तस्विर समेत)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS