IME Life New

एशियन लाइफले व्यतित बीमालेखमा व्याज छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा व्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण व्यतित भएका बीमालेखहरुमा २०७८ फागुन १० गतेदेखि चैत २२ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने व्याजमा छुछ दिने भएको हो ।

कम्पनीले २०७६ फागु १० गतसम्म व्यतित बीमालेखको हकमा ५० प्रतिशत व्याज छुट प्रदान गर्नेछ । त्यस्तै २०७३ फागुन १० गतेसम्म व्यतित बीमालेखको हकमा २५ प्रतिशत व्याज छुट प्रदान गर्ने भएको छ । बीमा अवधि समाप्ती हुन २ वर्ष वा सो भन्दा कम समयावधी बाँकी भएका बीमालेखको हकमा १० प्रतिशत व्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

व्याज छुटको सुविधा प्राप्त गर्नको लागि नजिकको शाखा, उपशाखा तथा अधिकृत अधिकर्ताहरु सँग सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ । यो स्किम अनुसार व्याज छुटको सुविधा लिइसकेका बीमितहरुले बीमा अवधिभर पुनः व्याज छुटको सुविधा नपाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS