IME Life New

एशियन लाइफले व्यतित बीमालेख नविकरणमा शतप्रतिशतसम्म ब्याज छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा व्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण व्यतित भएका बीमालेखहरुमा २०७७ बैशाख १५ गते भन्दा अगाडी व्यतित भएका बीमालेखहरु २०७९ बैशाख १५देखि जेठ १२ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने व्याजमा छुछ दिने भएको हो ।

कम्पनीले २०८४ बैशाख १५ गतेपछि परिपक्व हुने बीमालेखको हकमा १०० प्रतिशत व्याज छुट प्रदान गर्नेछ । त्यस्तै २०८१ बैशाख १५ गतेदेखि २०८४ बैशाख १५ गते गतेसम्म परिपक्व हुने बीमालेखको हकमा ५० प्रतिशत व्याज छुट प्रदान गर्ने भएको छ । २०८१ बैशाख १५ गतेभन्दा अगाडी परिपक्व हुने बीमालेखको हकमा २५ प्रतिशत व्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

व्याज छुटको सुविधा प्राप्त गर्नको लागि नजिकको शाखा, उपशाखा तथा अधिकृत अधिकर्ताहरु सँग सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ । यो स्किम अनुसार व्याज छुटको सुविधा लिइसकेका बीमितहरुले बीमा अवधिभर पुनः व्याज छुटको सुविधा नपाउने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS