IME Life New

एशियन लाइफद्वारा १४ लाख १० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई घर दैलो मृत्यु दाबी भुक्तानी गरेको छ । सिद्धिचरण – ०२,ठुलोछाप,ओखलढुंगा घर भइ हाल इटहरी – ०२, सुनसरी बस्ने श्रीमती तारा नेपालको श्रीमान सरोज बाबु भट्टराईको मृत्यु भएकाले कम्पनीले १४ लाख १० हजार १७० रुपैयाँ दिएको हो ।

उक्त रकम बराबरको चेक पूर्व प्रहरी निरीक्षक मोहन प्रसाद खतिवडा तथा बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले मृतकको श्रीमतिलाई दिएको हो । मृतकले ४ वर्ष अगाडी सुखी जिबन (साबधिक तथा आजिबन) बीमा योजनामा एघार लाखको बीमा ,अर्धबार्षिक ३० हजार ८६९ रुपैयाँ जम्मा गर्ने गरि कुल २ लाख ७७ हजार ८२१ रुपैयाँ कम्पनीमा जम्मा भएको थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा पूर्व प्रहरी निरीक्षक मोहन प्रसाद खतिवडाले बीमाको वास्तविकता बारे प्रष्ट धारणा ब्यक्त गर्दै आम जनतालाई आफुले कमाएको केहि अंश छुट्टाएर बीमा गर्न प्रोत्साहन गरे । साथै, जीबन बीमा कम्पनीका अभिकर्ताहरुको क्षमता,दक्षता अभिबृधि गरि सहि सूचना जनता माझ लग्न जिबन बिमा कम्पनीलाई सुझाब दिदै आफु पनि जनताको घर घर गई बीमामा बारे बुझाई यस्तो खालको सामाजिक कार्यमा सक्रिय भइ लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा जोखिमकै हिसाबले बीमा अतिनै आवश्यक रहेको र भबिस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थित जनताहरुलाई बिमा गराउन पहल गर्नुपर्ने धारणा ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS