IME Life New

एशियन लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दाङ्ग । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको दाङ्ग शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । संस्थाले वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएका राप्ती गाउँपालिका १ दाङ्ग भालुवाङ्ग निवासी स्व सेर वहादुर मल्लका परिवारलाई मत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले दाङ्गको तुल्सीपुरमा आयोजना गरेको अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरिएको जनाएको छ ।

Esewa
Crest

२१ लाख ५९ हजारको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजेश कुमार श्रेष्ठले मृतककी श्रीमती अस्मिता मल्ललाई हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ, विशिष्ट अतिथि होम वहादुर श्रेष्ठ, जन प्रतिनिधि, अभिकर्ता, कर्मचारी, स्थानिय संचार कर्मी तथा मृतकका परिवार आफन्तको उपस्थिती रहेको थियो

उक्त कार्यक्रमका प्रमुख अतिथि राजेश कुमार श्रेष्ठले बीमा कम्पनी सामाजिक सेवा प्रदायक सस्ंथा भएकोले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस कम्पनीले प्रभावकारी रुपमा दावी भुक्तानी गर्देै आएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS