IME Life New

एशियन लाइफको २७ प्रतिशत लाभांश भोलि पारित हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारण सभा भोलि हुँदैछ । साधारण सभा कम्पनीको प्रधान कार्यालय मैतिदेबी, काठमाडौंबाट  भर्चुअल माध्यमबाट हुने जनाएको छ । सभा विहान ११ बजे सुरु हुनेछ ।

सभाले संचालक समितिबाट प्रस्तावित र बीमा समितिबाट स्वीकृत २७ प्रतिशत लाभांश यस पटकको साधारण सभामा शेयरधनीको लागि मुख्य आकर्षण हुने भएको छ। साधारण सभामा लाभांश वितरण, २०७६/७७ को वासताल, नाफा नोक्सान हिसाब लगायत वित्तीय विवरणमा छलफल र पारित गर्ने कार्यक्रम रहेको छ।

Esewa
Crest

साधारण सभामा हाल कायम रहेको २ अर्ब १ करोड चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुने ५० करोड २६ लाख ९०‌ हजार रुपैयाँको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गरिंदैछ। त्यसैगरी बोनश शेयरको लागि शेयरधनीले भुक्तानी गर्नुपर्ने लाभकरवापतको रकम भुक्तानी गर्नको लागि २ प्रतिशत नगद लाभांश वापत ४ करोड २ लाख १५ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि पेश गरिने  सूचनामा उल्लेख छ।

साथै बाह्य लेखापरिक्षक आर ए एस एशोसिएसट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, एशियन क्यापिटलमार्फत् सामूहिक लगानी कोष संचालन गर्न नियामक निकायबाट स्वीकृत लिने , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभामा पेश गरिंदैछ।

त्यसैगरी सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहायता प्रदान गर्दा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पेश गर्नेछ । साधारण सभामा शेयरधनीहरु अभौतिक  माध्यमबाट सहभागिता जनाउन सक्ने एशियन लाईफ इन्स्योरेन्सले प्रकाशन गरेको सूचनामा उल्लेख छ। शेयरधनीले एनआइबीएल एस क्यापिटलबाट जुम मिटिङको लागि आइडी र पासकोड प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS