IME Life New

एशियन लाइफको भुक्तानी अब सिधै बीमितको बैंक खातामा, गर्यो एनसीएचएलसँग सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको भुक्तानी अब सिधै बीमितको बैंक खातामा हुने भएको छ । जसका लागि कम्पनी नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ।

कम्पनीले आफ्ना सम्पूर्ण भुक्तानीहरु अब एनआइसी एशिया बैंकमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको जुनसुकै बैंकको खातामा जम्मा हुने गरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसमा आबद्ध भएको हो।

Esewa
Crest

यस कारोबार आजैबाट सुरु भएको समेत कम्पनीले जनाएको छ।

यसरी एनपीआइमा रहेका कनेक्ट आइपीएस तथा एनसीएचएलरआइपीएस प्रणालीहरु मार्फत स्वचालित रुपमा एसियान लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ।

लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तिय संस्थाको खातामा प्राप्त गर्न सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS