IME Life New

एशियन लाइफको “भविष्य निधी (सावधिक)” जीवन बीमा योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले “भविष्य निधी (सावधिक)” जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु सुरेन्द्र गोयल, निष्ठा प्रधानाङ, सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईं, डेप्युटी मार्केटिङ हेड विजय पराजुलीले आइतबार कम्पनीको प्रधान कार्यालयमा संयुक्त रुपमा नयाँ जीवन बीमा योजना सार्वजनिक गरेका हुन् ।

यस योजनामा बीमितले १ लाखदेखि आय श्रोतको आधारमा जतिसुकै रकमको बीमाङ्क रोज्न सक्ने सुविधा रहेको छ । पाँचदेखि ३० वर्षे अवधिसम्मको लागि बीमा गर्न सकिने र बीमा अवधिको समाप्तीपछि बीमाङ्क रकम र बोनश एकमुष्ठ भुक्तानी कम्पनीले जनाएको छ ।
यो बीमा योजनामा जोखिम बहनको गोल्डेन अप्शन रोजेको अवस्थामा बीमा प्रारम्भ भएको मितिबाट ३ वर्षपछि बीमितको निधन भएमा बीमाङ्कको डेढ गुणा रकम र नियमानुसारको बोनश भुक्तानी गरिनेछ । त्यसैगरी डायमण्ड अप्शन रोजेको अवस्थामा बीमा अवधि प्रारम्भ भएको मितिबाट ३ वर्षपछि बीमितको निधन भएमा बीमाङ्कको डेढ गुणा रकम र पाँचं वर्षपछि निधन भएमा दुई गुणा रकम र नियमानुसारको बोनस रकम एकमुष्ठ भुक्तानी गरिनेछ । यसबाहेक अग्रिम जोखिम बहन सुविधा रोजेको अवस्थामा गोल्डेन र डायमण्ड अप्शन दुबैमा बीमा प्रारम्भ मितिबाट नै जोखिम बहन शुरु हुनेछ ।

Esewa
Crest

बीमितले गोल्डेन वा डायमण्ड अप्शनको साथै दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्गता सुविधा, बीमाशुल्क छुट सुविधाको साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण(क्रिटिकल केयर) समेत समावेश गर्न सक्ने सुविधा रहेको छ ।

यसबाहेक तोकिएको अवधि पुरा हुनुभन्दा अगाडी बीमितलाई रकम खाँचो परेको अवस्थामा तीन वर्षको बीमाशुल्क भुक्तानी गरी बीमा प्रारम्भ भएको मितिबाट ३ वर्ष पुरा भएपछि बीमालेखको धितोमा कर्जा सुविधा समेत लिन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS