IME Life New

एशियन लाइफको “बाल उच्च शिक्षा जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले “बाल उच्च शिक्षा(अग्रिम भुक्तानी सावधिक)” जीवन बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले समय सापेक्ष नविनतम जीवन बीमा योजना ल्याउने क्रममा आफ्नो सन्तानको उच्च शिक्षाको लागी आवश्यक पर्ने ठूलो खर्च रकमको सहज व्यवस्थापन गर्न सहयोग पु-याउने उद्देश्यले यस योजना संचालनमा ल्याएको हो ।

कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंले सोमबार कम्पनीको प्रधान कार्यालयमा संयुक्तरुपमा नयाँ जीवन बीमा योजना सार्वजनिक गरेका हुन् ।

Esewa
Crest

यस योजना अन्तर्गत नवजात शिशुदेखि १३ वर्ष उमेरसम्मको बालबालिकाको १ करोड रुपैयाँ बिमाङ्कसम्म जीवन बीमा गर्न सकिन्छ । बीमित बच्चाको उमेरको आधारमा कक्षा ११ देखि स्नातक तहसम्मको शिक्षण शुल्क व्यहोर्न सघाउ पुग्ने गरी किस्ताबन्दीरुपमा बीमांकको रकम भुक्तानी गरिने सुविधा भएकाले अभिभावकहरु यो बीमाको माध्यमबाट छोराछोरीको उच्च शिक्षाको लागी ढुक्क हुनेछन् ।

बीमित बच्चा १६, १७,१८,१९ र २० वर्ष पुरा भएको दिनमा क्रमशः बीमांकको २५,१५,२५, २० र १५ प्रतिशत रकम भुक्तानी गरिनेछ । यो बाहेक बीमा अवधि समाप्तीमा बीमित बच्चालाई नियमानुसारको बोनश रकम समेत प्रदान गरिनेछ । यसबाहेक तोकिएको अवधि पुरा हुनुभन्दा अगाडी बीमितलाई रकम खाँचो परेको अवस्थामा बीमालेखको शर्तको अधिनमा रही १२ महिना अघि नै अग्रिम भुक्तानी रकम प्राप्त गर्न सकिने सुविधा समेत रहेको छ ।

यस बीमा योजनामा बीमा अवधिभित्र बीमित बच्चाको मृत्यु भएमा बीमाङ्कको २५(पच्चीस) प्रतिशत रकम तत्काल भुक्तानी दिइनेछ । बीमाङ्कको ७५ प्रतिशत रकम र मृत्यु हुँदासम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइनेछ । यसरी रकम भुक्तानी गर्दा अग्रिम भुक्तानी गरिएको रकम कट्टा गरिने छैन । यस बीमा योजना अन्तर्गत दुर्घटना मृत्यु लाभ Death Benefit–ADB)  र वार्षिक शैक्षिक सुविधा (Yearly Educational Benefit–YEB) समेत रोज्न सकिने सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS