IME Life New

एशियन लाइफको नयाँ बीमा योजना सार्वजनिक, यस्ता छन विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले थोरै बीमा शुल्कमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले “मेरो सुरक्षा कवच“ नाराको साथ नयाँ जीवन बीमा योजना “एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा” बजारमा ल्याएको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ लगायत संचालकको उपस्थितिमा बिहीबार एक यो बीमा योजना सार्वजनिक गरिएको हो। यस बीमा योजना अन्तर्गत १६ वर्षदेखि ६४ वर्ष उमेरसम्मको व्यक्तिले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम आफ्नो आय श्रोतको आधारमा बीमाङ्क रकम चयन गर्न सक्नेछन्।

Esewa
Crest

न्यूनतम १ वर्षदेखि अधिकतम १५ वर्षसम्मको लागी जारी हुने यस बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानीको लागी एकल, नियमित र सीमित भुक्तानीमध्ये कुनै एउटा विकल्प रोज्न सकिनेछ। यसले गर्दा बीमाशुल्क भुक्तानीमा बीमितलाई सहजता हुनेछ।

यस योजना अन्तर्गत बीमा अवधिभित्र बीमितको निधन भएमा बीमांक रकम भुक्तानी दिइनेछ। बीमा अवधिभित्र बीमित जीवितै रहेको अवस्थामा कुनै पनि रकम प्रदान नगरिने कम्पनीले जनाएको छ। यस योजना अन्तर्गत बीमितले दाह संस्कार खर्च, दुर्घटना मूल्य लाभ, दुर्घटना मूल्य लाभ ,स्थायी अपाङ्ग/अशक्तको हकमा बीमा शुल्क छुटको सुविधा प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले आजै सार्वजनिक गरेको यो बीमा पोलिसी देशभर रहेका ४० वटा शाखा कार्यालयहरुबाट ५,३०१ वटा म्यादी बीमालेखहरु बिक्री भएको कम्पनीले जनाएको छ।

कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ,  चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ। यस कम्पनीको २०७७ पुस मसान्तसम्ममा जीवन बीमा कोष २४.७१ अर्ब रुपैयाँ रहेको छ । साथै कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS