IME Life New

एशियन लाइफकाे लगानी रहेकाे पिलुवाखाेला हाइड्राेपावरका लागि प्रशारण लाइन निर्माण हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्याेरेन्स मुख्य प्रवर्द्धक रहेकाे माथिल्लो पिलुवा खोला तेश्राे जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जाेड्न प्रशारण लाइन निर्माण शुरू हुने भएकाे छ। एशियन लाइफले याे जलविद्युत आयाेजनामा माविलुङ इनर्जी लिमिटेडमार्फत् लगानी गरेकाे छ।

संखुवासभा जिल्लाकाे मादी नगरपालिका ७ अवस्थित जलविद्युत आयाेजनादेखि संखुवासभाकै चैनपुर ८ मा अवस्थित राष्ट्रिय प्रशारण लाइनकाे ३३ केभी बानेश्वर सबस्टेशनसम्म १४ किलोमिटर दूरीमा प्रशारणलाइन निर्माण गर्ने भएको हो। विद्युत विकास विभागले प्रशारण लाइन निर्माणबाट पर्न सक्ने असरबारे लिखित राय माग्दै सरोकारवालाकाे जानकारीका लागी शनिबार सार्वजनिक सूचना समेत प्रकाशन गरेको छ।

Esewa
Crest
आयाेजना निर्माणस्थल

मादी ७ बाट शुरु प्रस्तावित प्रशारण लाइन जलविद्युत आयोजनाको स्वीचयार्डदेखि चैनपुर नगरपालिकाकाे वडा नम्बर २, ३, ७ र ८ हुँदै ३३ केभी बानेश्वर सबस्टेसनसम्म जाेडिनेछ। प्रशारण लाइनमा १३ मिटर अग्ला २५५ वटा स्टील पोल हुनेछ। प्रसारणलाइन निर्माण काम ६ महिना भित्र पुरा गर्ने लक्ष्य रहेकाे विद्युत विकास विभागले जानकारी दिएकाे छ।

विभागका अनुसार माविलुङ इनर्जी लिमिटेडले ४‍.९५ मेगावाट उत्पादन क्षमताकाे आयाेजना निर्माण गरिरहेकाे छ। याे नदीकाे बहावमा आधारित परियाेजना हाे । कूल ९३ कराेड ७० लाख रुपैयाँ लागत अनुमान गरिएकाे याे जलविद्युत निर्माणका लागि सर्वसाधारणबाट ३० प्रतिशत पूँजी जुटाउने याेजना छ। कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्दै १८ कराेड ९० लाख रुपैयाँ जुटाउने याेजना रहेकाे छ। यसकाे शेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नियुक्त गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

75%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS