IME Life New

एलन मस्कलाई सल्लाहकार बनाउन डोनाल्ड ट्रम्प तयार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन्।

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई सोधिएको थियो कि मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे सोचविचार भइरहेको हो ? जबाफमा ट्रम्पले भने, ‘म पूर्ण रुपमा त्यसो गर्न तयार छु।’

Esewa
Crest

ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताए। ‘यदि उनले चाहे भने यो पक्कै हुनेछ’, ट्रम्पले भने।

टेस्ला र स्पेसएक्सका मालिक मस्कले हालै ट्रम्पलाई सोसल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता लिएका थिए। त्यस क्रममा उनले डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलगायतका धेरै विषयमा कुरा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS