IME Life New

एलन मस्कबाट खोसियो विश्वकै धनीव्यक्तिको ताज, शीर्ष स्थानमा उक्लिए जेफ बेजोस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टेस्ला र एक्स (ट्विटर)का मालिक एलन मस्कबाट विश्वकै धनीव्यक्तिको ताज खोसिएको छ। उनलाई पछि पार्दै अमजेनका संस्थापक जेफ बेजोस विश्वकै धनीव्यक्ति बनेका छन्।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बेजोस २०० अर्ब डलरको सम्पत्तिका साथ विश्वको सबैभन्दा धनीव्यक्ति बनेका हुन् भने मस्क १९८ अर्ब डलरको सम्पत्तिसहित दोस्रो स्थानमा झरेका छन्। यस वर्ष बेजोसको कुल सम्पत्ति २३.४ अर्ब डलरले बढेको छ भने मस्कको कुल सम्पत्ति ३१.३ अर्ब डलरले घटेको छ। सन् २०२३ मेमा एलभीएमएस सीईओ र फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै मस्क विश्वकै धनव्यक्ति बनेका थिए। टेस्लाको शेयरभाउ सोमबार ७ प्रतिशतभन्दा बढीले घटेको थियो।

Esewa
Crest

अर्नाल्ट हाल १९७ अर्ब डलरको सम्पत्तिसहित धनीहरुको सूचीमा तेस्रो स्थानमा छ। सोमबार अर्नाल्टको कुल सम्पत्ति १.८४ अर्ब डलरले घटेको थियो। यद्यपि, यो वर्ष उनको कुल सम्पत्ति १८.३ अर्ब डलरले बढेको छ।

फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग १७९ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनीव्यक्तिको सूचीमा चौथो स्थानमा छन्। यो वर्ष उनको कुल सम्पत्ति सबैभन्दा बढी ५०.७ अर्ब डलरले बढेको छ। माइक्रोसफ्टका संस्थापक बिल गेट्स १५० अर्ब डलरसहित यो सूचीमा पाँचौँ स्थानमा छन्। यो वर्ष उनको कुल सम्पत्ति ८.८८ अर्ब डलरले बढेको छ।

विश्वका धनीहरुको सूचीमा स्टिभ बाल्मर १४३ अर्ब डलरसहित छैटौँ स्थानमा छन्। अमेरिकाका दिग्गज लगानीकर्ता वारेन बफेट १३३ अर्ब डलरसहित सातौँ स्थानमा छन्। ल्यारी एलिसन (१२९ अर्ब डलर) आठौँ, ल्यारी पेज (१२२ अर्ब डलर) नवौँ र सेर्गेई ब्रिन (११६ अर्ब डलर) दसौँ स्थानमा छन्।

भारत र एसियाकै सबैभन्दा धनीव्यक्ति मुकेश अम्बानी ११५ अर्ब डलरका साथ यो सूचीमा ११ नम्बरमा छन्। गौतम १०४ अर्ब डलरको कुल सम्पत्तिका साथ १२ नम्बरमा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS