IME Life New

एलन मस्कको प्रतिदिन १० लाख डलर पुरस्कार दिने योजनामा अमेरिकी सरकारले दियो यस्तो चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी न्याय विभागले एलन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनी पत्र पठाएको छ। विभागले ट्रम्पको समर्थनमा एलन मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो।

मतदातालाई दैनिक १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा लेखिएको छ। पत्र पठाएको सीबीएस न्यूजले पुष्टि गरेको छ।

Esewa
Crest

एलन मस्कको चुनावी अभियानमा पठाइएको पत्रको जानकारी पहिलोपटक सीएनएनले सार्वजनिक गरेको थियो। एलन मस्कको अभियान अमेरिका पीएसीको यो पुरस्कार योजनामा सात स्विङ राज्यमा दर्ता भएका मतदातालाई निवेदनमा हस्ताक्षर गर्न अपिल गरिएको छ। राष्ट्रपति चुनावमा मस्कले खुलमखुला डोनाल्ड ट्रम्पको समर्थन गरिरहेका छन्। ट्रम्पलाई राष्ट्रपतिमा जिताउन मस्कले यो अभियान थालेका हुन्।

चुनाव नहुँदासम्म प्रत्येक दिन पिटिसनमा हस्ताक्षर गर्ने व्यक्तिलाई एक मिलियन अमेरिकी डलर दिइनेछ। केही कानुनविद्ले यो पुरस्कार योजना गैरकानुनी हुनसक्ने पहिल्यै बताएका थिए।

अक्टोबर १९ मा पहिलो चिठ्ठा चेक पेन्सिलभेनिया मा एक कार्यक्रममा एक व्यक्तिलाई दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS