IME Life New

एलआईसी भारतले लन्च गर्यो नयाँ स्किम, अब बीमाका साथै मिल्नेछ शेयर बजारको फाइदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी)ले नयाँ स्किम एलआईसी इन्डेक्स प्लस पेस गरेको छ।

यो स्किममार्फत बीमितले बीमाका साथै बचत गर्ने मौका पनि पाउनेछन्। यो स्किममा लगानीकर्ताले आज फेब्रुअरीबाट लगानी गर्न सक्नेछन्।

Esewa
Crest

एलआईसी इन्डेक्स प्लस एउटा युनिट लिंक्ड रेगुलर प्रिमियम र व्यक्तिगत जीवन बीमा प्लान हो। यो स्किममार्फत बीमालेख चालु रहँदासम्म लगानीकर्तालाई बीमाका साथै बचतको मौका पनि हुनेछ। यो स्किममा लगानीकर्ताले दुई विकल्प (फ्लेक्सी ग्रोथ फन्ड र फ्लेक्सी स्मार्ट ग्रोथ फन्ड) पाउँछन्। यसअन्तर्गत निफ्टी १०० र निफ्टी ५० शेयरमा लगानी गरिन्छ।

यो स्किममा लगानी गर्न बीमा पोलिसी लिएको कम्तीमा ९० दिन पूरा भएको हुनुपर्नेछ। सम एस्योर्डका आधारमा अधिकतम ५० देखि ६० वर्षका व्यक्तिले यस स्किममा लगानी सुरु गर्न सक्नेछन्। म्याचुरिटीका न्यूनतम वर्ष १८ र अधिकतममा ७५ वा ८५ वर्ष (सम एस्योर्डका आधारमा) हुनेछ।

यसमा ९० दिनको बीमा पोलिसी पूरा भएकोको अवस्थामा सम एस्योर्ड ७ देखि १० गुणा वार्षिक प्रिमियम हुनेछ। ५० वा सोभन्दा अधिक आयुमा प्रवेश गर्नेले प्रिमियम सम एस्योर्डको ७ गुणा हुनेछ। यो पोलिसीको न्यूनतम अवधि १० देखि १५ वर्षको हुनेछ। अधिकतम २५ वर्षका लागि लगानी गर्न सकिन्छ। यसमा अधिकतम प्रिमियमको कुनै सीमा हुने छैन। तर वार्षिक आधारमा भारु ३० हजार, अर्धवार्षिक आधारमा भारु १५ हजार, त्रैमासिक आधारमा भारु ७ हजार ५०० रुपैयाँ र मासिक आधारमा भारु २ हजार ५०० न्यूनतम दिनुपर्ने हुन्छ।

यस्ता एलआईसी इन्डेक्स प्लसको फाइदा

  • यो स्किममा आंशिक निकासी गर्न सकिन्छ।
  • बीमाधारकको मृत्यु भएमा सम एस्योर्ड दिइनेछ।
  • म्याच्युरिटीमा युनिट फन्ड्समा जम्मा भएको राशि भुक्तानी गरिन्छ।
  • यसमा एक्सिडेन्टल डेट बेनिफिट राइडरको विकल्पमा पाइनेछ।
  • ५ वर्षको लकइन पिरियडपछि लगानीकर्ताले आंशिक रुपमा रकम झिक्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS