IME Life New

एलआईसी भारतले बीमितलाई दियो झट्का, उच्च प्रतिफलको ग्यारेन्टी भएको पोलिसी बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अग्रणी बीमा कम्पनी एलआईसीले आफ्नो एउटा ठूलो पोलिसी बन्द गरेको छ । यो पोलिसीमा बीमाकर्तालाई लाखौँ रुपैयाँ प्रतिफल दिने ग्यारेन्टी गरिएको थियो। यो एउटा ननलिंक्ड, ननपार्टिसिपेट, पर्सनल सेभिङ लाइफ इन्स्योरेन्स योजना हो। जसले सुरक्षा र बचतको फाइदा प्रदान गर्दछ। साथै, यसले परिपक्वतामा बीमित व्यक्तिलाई एकमुष्ट ग्यारेन्टी रकम प्रदान गर्ने भनिएको थियो।

त्यो पोलिसी हो, एलआईसी धनवृद्धि योजना। जुन २३ जुन २०२३ मा सुरु भएको थियो र त्यसपछि सेप्टेम्बरमा बन्द गरिएको थियो। यो योजना यस वर्ष फेब्रुअरीमा पुनः सुरु गरिएको थियो र अप्रिल १ मा बन्द गरिएको छ। एलआईसी धन वृद्धिले पोलिसी अवधिभित्र अकाल मृत्यु भएमा बीमितको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्दछ।

Esewa
Crest

यो एउटा योजना हो, जसले परिवारहरुले चुनौतीपूर्ण समयमा उनीहरुलाई आवश्यक पर्ने आर्थिक सहयोग पाउँछन्। जसले गर्दा भविष्यका लागि सुरक्षा र स्थिरता कायम राख्छ। एलआईसीको यो योजना १०, १५ वा १८ वर्षको अवधिका लागि प्रस्ताव गरिएको थियो। छनौट गरिएको अवधिका आधारमा यस योजनामा लगानीको उमेर ९० दिनदेखि ८ वर्षसम्म राखिएको थियो। जब कि अधिकतम प्रवेश उमेर ३२ देखि ६० वर्षसम्मको थियो। यस योजनाअन्तर्गत मूल बीमा राशि भारु १ लाख २५ हजार थियो। जसलाई भारु ५ हजारको गुणनले बढाउने विकल्प दिइएको थियो।

धनवृद्धि योजनाका लाभ

  • यो एकल प्रिमियम योजना
  • पोलिसी अवधि र मृत्यु कभर
  • पोलिसी अवधिमा ग्यारेन्टी गरिएको अतिरिक्तको लाभ
  • उच्च मूल बीमा राशि भएको पोलिसीहरुका लागि उच्च ग्यारेन्टी एडिसनल लाभ
  • मृत्यु वा परिपक्वतामा एकमुष्ट लाभ
  • किस्तामा मृत्यु लाभ प्राप्त गर्ने विकल्प र परिपक्वतामा सेटलमेन्ट विकल्प
  • एलआईसीको दुर्घटना मृत्यु र असक्षमता लाभ राइडर र एलआईसीको नयाँ टर्म एस्योरेन्स राइडर चयन गर्ने विकल्प
  • पोलिसी लोन प्रोभाइड गराउने

यो पोलिसी अवधिको कुनै पनि समयमा बीमितले पोलिसी समर्पण गर्न सक्छ। पोलिसी समर्पण गर्दा एलआईसीले ग्यारेन्टी गरिएको समर्पण मूल्य र विशेष आत्मसमर्पण मूल्य, जुन बढी हो, बराबरको समर्पण मूल्य तिर्नेछ। यदि पोलिसी पहिलो ३ वर्षमा समर्पण गरेम, एकल प्रिमियमको ७५ प्रतिशत दिइने र त्यसपछि समर्पण गर्दा ९० प्रतिशत प्रिमियम दिइने व्यवस्था गरिएको थियो। यसमा एडिसन र राइडर प्रिमियम समावेश गरिएको हुँदैन थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS