IME Life New

एलआईसी भारतले अर्को महिना ल्याउँदै नयाँ प्लान, रिटर्नको ग्यारेन्टी र जीवनभर खातामा आउनेछ पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । भारतीय जीवन बीमा निगम (एलआईसी) भारतीय बीमा क्षेत्रको सबैभन्दा ठूलो नाम हो। बैंक तथा बीमा कम्पनीहरुको पहुँच नभएको स्थानमा पनि एलआईसीको नाम चिनिन्छ। तर, दशकौँदेखि भारतमा बीमा सुविधा उपलब्ध गराउँदै आएको यो पब्लिक कम्पनी अब नयाँ दिशामा अघि बढ्दै केही नयाँ सुरुआत गर्न चाहन्छ।

एलआईसी भारतले आफ्नै फिनटेक सुरु गर्ने सम्भावनाहरुमा विचार गरिरहेको छ। यससँगै ग्राहकले चाँडै एलआईसीबाट केही फरक लगानी योजना हेर्न पाउनेछन्।

Esewa
Crest

ल्याउँदै नयाँ प्रडक्ट

एलआईसीका अध्यक्ष सिद्धार्थ मोहन्तीले कम्पनीले आगामी महिनामा धेरै नयाँ प्रडक्ट ल्याउने तयारी गरिरहेको बताए। एलआईसीले वर्ष २०२३–२४ मा नयाँ पोलिसीहरुको प्रिमियममा दोहोरो अंकको वृद्धि हासिल गर्ने लक्ष्यका साथ आगामी महिनामा तीनदेखि चारवटा नयाँ प्रडक्ट लन्च गर्ने योजना बनाएको छ। एलआईसीले डिसेम्बरको पहिलो साताबाट नयाँ सेवा ल्याउन लागेको उनले बताए। यसले बजारमा राम्रो प्रतिक्रिया पाउने आशा गरिएको छ।

नयाँ योजनामा के हुनेछ विशेष ?

मोहन्तीले अर्को महिना आउने नयाँ योजनामा ग्राहकले ग्यारेन्टी रिटर्न पाउने र यसको म्याच्युरिटीपछि बीमांक रकमको १० प्रतिशत जीवनभरको बीमा रकम पाउने बताए। उनले २०–२५ वर्षपछि कति तिर्ने र कति प्रतिफल पाउने भन्ने सबैले जान्न चाहेकाले नयाँ सेवाले बजारमा हलचल मच्चाउने बताए। यसका अतिरिक्त कर्जा सुविधा र समयपूर्व झिक्ने सुविधा पनि यो नयाँ योजनाको विशेषता रहेको उनले बताए।

कम्पनीले आफ्नै फिनटेक ल्याउने

मोहन्तीले एलआईसीले आफ्नो डिजिटल रुपान्तरण को एक भागका रुपमा एक वित्तीय टेक्नोलोजी इकाइ स्थापनाको सम्भावना खोज गरिरहेको बताए। एलआईसीले पूर्ण डिजिटल रुपान्तरण परियोजना डिजिटल इनोभेसन र भ्यालु एन्हान्समेन्ट (डीआईभीई) सुरु गरेको छ। यो परियोजना सञ्चालनका लागि परामर्शदाता नियुक्त गरिएको छ। उनले भने, ‘हाम्रो उद्देश्य प्रोजेक्ट डीआईभीईमार्फत हाम्रा सबै सरोकारवाला, ग्राहक, मध्यस्थकर्ता, मार्केटर र सबैका लागि उत्कृष्ट डिजिटल पहल स्थापना गर्नु हो।

एलआईसी सुविधाहरु एक क्लिकमै उपलब्ध हुने

एलआईसीले आफ्ना एजेन्टहरुमार्फत सबैभन्दा धेरै नयाँ ग्राहक प्राप्त गर्ने गरेको उनले बताए। यसपछि अन्य क्षेत्रमा पनि परिवर्तन देखिनेछ। दाबी भुक्तानी, ऋण र अन्य सेवाजस्ता सेवा एक ‘क्लिक’ मा उपलब्ध गराइनेछ। मोहन्तीले भने, ‘ग्राहकले कार्यालय आउनै पर्दैन। ग्राहकले घरमै बसेर आफ्नो मोबाइलमार्फत हाम्रा अत्यावश्यक सेवा पहुँच गर्न सक्छन्। हामी वित्तीय प्रविधिमा पनि ध्यान केन्द्रित गरिरहेका छौँ र यसको व्यापार विस्तार गर्ने सम्भावनालाई उपयोग गर्नेछौँ।’ –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS