IME Life New

एलआईसी भारतलाई ठूलो राहात, पब्लिक शेयरहोल्डिङको लक्ष्य पूरा गर्न पायो ३ वर्षको म्याद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजार नियामक सेबीले देशको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसीलाई ठूलो राहात दिएको छ।

सेबीले एनआईसीलाई १० प्रतिशत पब्लिक शेयरहोल्डिङको लक्ष्य हासिल गर्न ३ वर्षको समयावधि दिएको हो। योसँगै अब एलआईसीले सन् २०२७ सम्म पब्लिक शेयरहोल्डिङको लक्ष्य हासिल गर्न सक्नेछन्।

Esewa
Crest

यो खबर सार्वजनिक भएसँगै एलआईसीको शेयरभाउ बढेको छ। कम्पनीको शेयरभाउ ३ प्रतिशतले बढेको छ।

सेबीको नियमअनुसार सबै सूचीकृत कम्पनीको कमसेकम २५ प्रतिशत पब्लिक शेयरहोल्डिङ हुनुपर्छ। तर, नयाँ सूचीकृत हुने कम्पनीलाई यो नियमको पालना गर्न ३ वर्षको समय दिइएको छ। जुन कम्पनीको आइपीओ बिक्रीपछि बजार पुँजीकरण भारु १ लाख करोड हुन्छ, उनीहरुले २५ प्रतिशत शेयरहोल्डिङ कायम गर्न ५ वर्षको समय दिइएको छ।

गत डिसेम्बरमा भारतको वित्त मन्त्रालयले एलआईसीलाई यो नियम पालना गर्न सन् २०२३ सम्मको समय दिएको थियो। त्यतिबेलादेखि नै एलआईसीको शेयरभाउमा बढोत्तरी आइरहेको छ।

एलआईसीमा भारत सरकारको ९६.५ प्रतिशत हिस्सेदारी छ। सन् २०२२ मेमा भारतले यो कम्पनीको ३.५ प्रतिशत हिस्सा बेचेर भारु २१ हजार करोड जुटाएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS