IME Life New

एलआईसी भारतलाई झट्का, जीएसटीबापत भारु ८०६ करोड तिर्न ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वमा रहेको भारतको सबैभन्दा ठूलो बीमा कम्पनी भारतीय जीवन बीमा निगम (एलआईसी)लाई कर नियामकले झट्का दिएको छ।

महाराष्ट्र राज्यको कर नियामकले एलआईसीलाई पत्र पठाउँदै गुड्ज एन्ड सिर्भिसेज ट्याक्स (जीएसटी)बापत भारु ८०६ करोड तिर्न ताकेता गरेको हो। वर्ष २०१७–१८ मा कम्पनीबाट भएका सर्ट पेमेन्टको भुक्तानी गर्न बाँकी रहेको जीएसटीबापतको रकम एलआईसीलाई भुक्तान गर्न पत्र पठाइएको कर अधिकारीहरुले जनाएका छन्।

Esewa
Crest

एलआईसीले सोमबार बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीआई)मा दर्ता गरेको निवेदनमा महाराष्ट्र राज्यको कर नियामकले ब्याज र जरिवानासहित जीटीएसबापतको उक्त रकम बुझाउन ताकेता गरेको उल्लेख छ।

एलआईसीले अब कर नियामकको उक्त पत्रविरुद्ध मुम्बईमा अपिल दायर गरिने जनाएको छ। कर नियामकको सो कदमले कम्पनीको वित्तीय, सञ्चालन र अन्य गतिविधिमा कुनै प्रभाव नपरेको पनि एलआईसीले स्पष्ट पारेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS