IME Life New

एलआईसी भारतको गज्जबको बीमा पोलिसी, छोरीको पढाइदेखि विवाहको खर्चसम्मका लागि हुने छैन तनाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसीले बालबालिका र ज्येष्ठ नागरिकका लागि विभिन्न योजना प्रदान गर्दछ। जसले ठूलो रकम जुटाउन मद्दत गर्दछ। एलआईसीले विशेषगरी छोरीहरुका लागि धेरै योजनाहरु बनाएको छ। जसले छोरीको पढाइदेखि विवाहसम्मको तनावलाई हटाउन सक्छ।

सामान्यतया भारतमा छोरी जन्मनेबित्तिकै मानिसहरु उनीहरुको पढाइ र विवाहको चिन्ता गर्न थाल्छन्। यदि चिन्तालाई अन्त्य गर्न एलआईसी कन्यादान पोलिसी ल्याएको छ। यो पोलिसीले छोरीको विवाहमा पैसाको कमी महसुस गर्न दिँदैन।

Esewa
Crest

एलआईसी कन्यादान पोलिसीले छोरीको भविष्यमात्र सुरक्षित गर्दैन उसको विवाहमा चाहिने पैसाको तनावबाट पनि मुक्त दिन्छ। यो योजनाको नामअनुसार छोरी विवाहयोग्य भएपछि यसले ठूलो रकम उपलब्ध गराउन सक्छ। यसमा प्रतिदिन भारु १२१ जम्मा गर्नुपर्नेछ। अर्थात् यस पोलिसीमा अभिभावकले प्रत्येक महिना जम्मा भारु ३ हजार ६०० जम्मा गर्नुपर्नेछ। यो लगानीमार्फत २५ वर्षे पोलिसीको म्याच्योरिटी अवधि पूरा गरेपछि भारु २७ लाख एकमुष्ट प्राप्त हुनेछ।

एलआईसीले यो पोलिसी १३ वर्षदेखि २५ वर्षको परिपक्वता अवधिका लागि लिन सकिन्छ। एकातिर दैनिक भारु १२१ बचत गरेर छोरीका लागि भारु २७ लाख जुटाउन सकिन्छ भने अर्कोतर्फ यो योजनामा प्रतिदिन भारु ७५ अर्थात् मासिक भारु २ हजार २५० मात्र बचत गरेर लगानी गर्दा परिपक्वतामा थप भारु १४ लाख प्राप्त गर्न सकिन्छ। लगानी रकम बढाउन वा घटाउन पनि सकिन्छ।

छोरीका लागि बनाइएको यो पोलिसी लिने उमेर हदको कुरा गर्दा यस योजनामा लाभार्थीका बाबुको उमेर न्यूनतम ३० वर्ष र छोरीको उमेर कम्तीमा १ वर्ष हुनुपर्नेछ। यस एलआईसी योजनामा ठूलो रकम जम्मा गर्नुका साथै कर लाभहरु पनि उपलब्ध छन्। एलआईसी कन्यादान नीति आयकर ऐन १९६१ को धारा ८०सीको दायराअन्तर्गत आउँछ त्यसैले प्रिमियम जम्माकर्ताले भारु १.५ लाखसम्म कर छुट पाउन सक्छन्।

यतिमात्र होइन म्याच्युरिटी अवधिअघि नै पोलिसीधारकलाई कुनै अप्रिय घटना भएमा वा उनको असामयिक मृत्यु भएमा परिवारका सदस्यलाई १० लाख रुपैयाँसम्म दिने व्यवस्था छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS