IME Life New

एलआईसी नेपालद्वारा शिवरात्रीमा पानी तथा भोजन वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा दोस्रो स्थानमा रहेर जीवन बीमा व्यवसाय गर्दै आएको एलआईसी नेपालले आज परेको महाशिवरात्रीको अवसरमा पशुपतिनाथको मन्दिरमा पानी तथा भोजन वितरण गरेको छ । एलआईसी नेपालका सिईओ लक्ष्मी प्रसाद दास, कम्पनी सचिव बिनोद कुमार भुजेल सहभागी भएर पानी तथा भोजन वितरण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

पशुपतिनाथको मन्दिर परिसरमा स्टल नै राखेर आज दिनभरि नै भक्तजनहरुलाई सेवा प्रदान गरिने एलआईसी नेपालले जनाएको छ । कम्पनी सचिव तथा सूचना अधिकारी भुजेलका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथको मन्दिरमा भक्तजनहरुलाई सेवा प्रदान गरिएको हो । विगत आठ वर्षदेखि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पानी तथा भोजन खुवाउँदै आएको एलआईसी नेपालले आज करिब छ हजार जनालाई पानी तथा भोजन खुवाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS