IME Life New

एलआईसी इण्डियाद्वारा भारत सरकारलाई एक अर्ब पाँच करोड सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा कम्पनी एलआईसी इण्डियाले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसविरुद्ध लड्न भारत सरकारको प्रधानमन्त्री कोषमा एक अर्ब पाँच करोड भारु अर्थात एक अर्ब ६८ करोड नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

एलआईसी इण्डियाका अध्यक्ष एमआर कुमारले भनेका छन्, ‘विश्वव्यापी महामारीको रुपमा बढिरहेको कोरानाविरुद्धमा भारतले समेत विशाल चुनौतिको सामना गरिरहेको छ, एलआईसी भारत र भारतीय जनताको सामाजिक सुरक्षाको लागि प्रतिबद्ध छ ।’

Esewa
Crest

एलआईसीले सहयोग गर्ने घोषणा गरेको एक अब पाँच करोड भारु मध्ये आफ्नो गोल्डेन जुब्ली फण्डबाट पाँच करोड भारतीय रुपैयाँ सहयोग गरिएको समेत जनाएको छ । यस शताब्दीका मानिसले कहिल्यै नदेखेको महामारीका विरुद्धमा लडिरहेको भारत सरकारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग जारी राख्ने प्रतिबद्धता समेत एलआईसीले गरेको छ ।

सन् १९५६ मा स्थापना भएको एलआईसीको मुख्य कार्यालय मुम्बईमा रहेको छ भने भारतभित्र मात्रै करिब ४००० वटा कार्यालयहरुमार्फत जीवन बीमा व्यवसाय गर्दै आएको छ । नेपालमा दर्ता भएको एलआईसी नेपालमा पनि एलआईसीको शेयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS