IME Life New

एलआईसीको शेयर बजारमा २ अर्ब ३४ करोडको लगानी, कुन कम्पनीमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल ‘एलआईसी’ले शेयर बजारमा २ अर्ब ३४ करोड ९९ लाख ५९ हजार रुपैयाँ लगानी गरेको छ। आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन अनुसार एलआईसीले ४६ कम्पनी तथा म्युचुअल फण्डमा लगानी गरेको छ।

कम्पनीले चिलिमे हाइड्रोपावरको ५० हजार कित्ता साधारण शेयरमा २ करोड ७६ लाख रुपैयाँको लगानी गरेको छ। त्यस्तै कुमारी बैंकको एक लाख ६२ हजार ७१० कित्ताको लागि तीन करोड ७ लाख रुपैयाँ लगानी गरेको थियो।

Esewa
Crest

नेपाल बैंकको ११ लाख २६ हजार कित्ता शेयर १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ लगानी गरेको छ। कम्पनीले ग्लोबल आइएमई बैंकको ३९ हजार ५१४ कित्ता शेयर खरिद गरेको थियो। कम्पनी सँग अधिकाम्स बाणिज्य बैंकको शेयर रहेको छ। कम्पनीहरु सँग बाणिज्य बैंकहरु मध्ये सबैभन्दा महंगो नविल बैंकको ४ लाख २४ हजार कित्ता साधारण शेयर रहेको छ। नविल बैंकको उक्त शेयर १६ करोड २१ लाख रुपैयाँमा खरिद गरेको थियो।

कम्पनीसँग नेपाल पुनर्बीमा कम्पनीको ७ लाख १८ हजार कित्ता, केयर रेटिङ नेपालको २५ हजार कित्ता, इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाको २ हजार कित्ता, नेपाल इन्फ्राष्ट्रक्चर बैंकको ८४ हजार कित्ता संस्थापक शेयर रहेको छ।

lic 123

आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन अनुसार दोस्रो बजारको मूल्य अनुसार तीन अर्ब ४ करोड रुपैयाँको भ्यालु रहेको छ। चालु आर्थिक आर्थिक वर्षमा अधिकाम्स शेयरको मूल्य बढेकाले कम्पनीले शेयर बजारबाट पनि राम्रो मुनाफा आर्जन गरिरहेको छ। कम्पनीले समय समयमा लगानी परिवर्तन गरिरहने भएकाले उक्त पोर्टफेलियो अहिलेको अवस्थामा भने मिल्दैन।

बीमा कम्पनीहरुले बीमितबाट आर्जन भएको बीमा शुल्क विभिन्न क्षेत्रमा लगानी गर्न पाउछन्। बीमा कम्पनीहरुका लागि जारी भएको लगानी निर्देशिका अनुसार शेयर बजार, घर जग्गा, मुद्दती निक्षेप, ऋणपत्र लगायतमा लगानी गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS