IME Life New

एलआईसीको धमाकेदार स्किम, म्याच्युरिटीमा दिनेछ २२ लाख, ट्याक्स छुटको डबल डोज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा निगम (एलआईसी)ले हरेक वर्गका मानिसलाई समेट्ने पोलिसी ल्याउने गरेको छ। बालबालिकादेखि बूढापाकासम्मका लागि हुने योजना एलआर्यसीसँग रहेको छ। कुनै त यस्ता पोलिसी पनि छन्, जसमा ट्याक्स छुटको लाभ र म्याच्युरिटीमा राम्रै धनराशि पाउने व्यवस्था गरिएको छ।

एलआईसीको यस्तै एउटा पोलिसी रहेको छ, जसमा म्याच्युरिटीमा भारु २२ लाख ५० हजार प्राप्त हुन्छ भने प्रिमियम पनि कम लाग्छ। एलआईसीको यो स्किम छोरीको भविष्य राम्रो बनाउने उद्देश्यले ल्याइएको हो। यसमा पैसा लगाएर आमा–बाबुले छोरीको पढाइदेखि विवाहसम्मको खर्च व्यवस्थापन गर्न सक्छन्। यो स्किममा लगानी जोखिममुक्त रहेको छ।

Esewa
Crest

एलआईसीले यो लोकप्रिय स्किमको नाम ‘कन्यादा पोलिसी’ राखेको छ। यो पोलिसीमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक आधारमा प्रिमियम भुक्तानी गर्न सकिन्छ। यदि २५ वर्षको टर्म प्लान लिइएको छ भने २२ वर्षसम्म प्रिमियम भुक्तानी गर्नुपर्छ। २५ वर्षपछि यो स्किम म्याच्योर्ड हुन्छ। किनकि यो पोलिसीअन्तर्गत टर्म प्लान १३–२५ वर्षको हुन्छ।

म्याच्योरिटीको बेला सम एस्योर्ड, बोनस र फाइनल बोसनका साथ पूरा रकम दिइन्छ। यो पोलिसी लिन कन्याको बुवाको उमेर अधिकतम ५० वर्षको तोकिएको छ। यो पोलिसी लिएको ३ वर्षपछि कर्जा पनि पाउन सकिन्छ। पोलिसी सुरु भएको २ वर्षमै सरेन्डर गर्ने सुविधा पनि छ। यसमा प्रिमियम भुक्तानी गर्न ३० दिनको ग्रेस पिरियड तोकिएको छ।

यो पोलिसीमा ट्याक्स छुटको लाभ पनि रहेको छ। पोलिसीको सम अस्योर्डको लिमिट न्यूनतम भारु १ लाखदेखि सुरु हुन्छ भने अधिकतमको कुनै सीमा रहेको छैन।

यदि यो पोलिसीअन्तर्गत २५ वर्षको टर्म प्लान लिइएको छ भने वार्षिक भारु ४१ हजार ३६७ प्रिमियम तिर्नुपर्छ। जसमा भारु २२ लाख ५० हजारको जीवन बीमा कभरेज पाइनेछ। यदि बुवाको निधन भएमा बाँकी समयको प्रिमियम भुक्तानी गर्नुपर्ने छैन। दुर्घटनामा बुवाको मृत्यु भएमा भारु १० लाख एक्सिडेन्टल बेनिफिट पनि दिइन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS