IME Life New

एलआइसी नेपालले कोरोनाबाट मृत्यु भएका गुल्मीका कुँवरको गर्यो बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआईसी नेपालको गुल्मी शाखाले कोरोना संक्रमणबाट मृत्यु भएका मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले शुक्रबार मृतक बीमित वम बहादुर कुँवरको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले तीन लाख ७७ हजार रुपैयाँ बराबरको बीमा दाबीे वापतको रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको छ । मृतक बीमित कुँवरको २०७७ जेठ ८ गते रुपन्देहिको क्रिमशन हस्पिटलमा कोरोना संक्रमण भएको कारण मृत्यु भएको थियो । मृतक वम बहादुरले एलआइसी नेपालमा ४ वर्ष अघि ३ लाख रुपैयाँको बीमा गराएका थिए । जीवन बीमा गरेका बीमितको कोरोनाको कारणले मृत्यु भएमा बीमांक बराबरको दाबी भुक्तानी दिने बीमा कम्पनीहरुले बताएका छन्। पछिल्लो समयमा कोरोनाको मात्र जोखिम बहन हुने गरि कोरोना बीमा योजना समेत  नेपालमा रहेका निर्जीवन बीमा कम्पनीहरुले संचालन  गरिरहेका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS