IME Life New

एलआइसी नेपालको एजिएम आज, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् २०% बोनश शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन ( नेपाल) ले आफ्नो १९औं वार्षिक साधारण सभा फागुन ११ गते गर्ने भएको हो । कम्पनीको माघ ११ गते सबेको संचालक समितिको बैठकले सभा बिहान ११ बजेबाट शुरु हुने कम्पनीले जनाएको छ । कोरोना संक्रमनको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट हुनेछ ।

सभामा कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन २०७६/७७ प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, आय व्यय र सोही अवधिको नगद प्रवाह लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

Esewa
Crest

सभाले प्रस्तावित २० प्रतिशत बोन शेयर र कर प्रयोजनका लागि समेत गरी १ दशमलव ०५२६३१५६९ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले लेखापरीक्षण समितिको प्रस्तावित आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २४ गतेदेखि फागुन ११ गतेसम्म शेयर दाखिला खारेजको काम बन्द हुने जनाएको छ । त्यसकारण माघ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

सभाले संस्थापक शेयरधनीको आफ्नो स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, बोनश शेयर पछि कायम हुने पूँजी बृद्धिका सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने क्रममा निकायहरुले आवश्यक सुझाम वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने, संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को निर्देशन बमोजिम प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक अनुमोदन गर्ने र अध्यक्षको अनुमतिले अन्य कुनै विषयमाथि छलफल गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS