IME Life New

एलआइसीले दियो मृतकको परिवारलाई साढे ३० लाख रुपैयाँ दाबी वापतको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालको धादिङ शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय धादिङका शाखा प्रमुख नरेन्द्र बिष्ट एवं एजेन्सी मेनेजर वेधनिधी पाठकले स्वार्गिय चन्द्र लक्ष्मी श्रेष्ठका श्रीमान सुरेश श्रेष्ठलाई ३० लाख ५१ हजार ५६६ रुपैया बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

स्वर्गीय चन्द्र लक्ष्मीले करिब एक बर्ष आघी कम्पनीको धादिङ शाखाबाट १५ लाख बराबरको जीवन बीमा योजना लिएका थिए । त्रैमाशिक रुपमा दुई किस्ता बापत रु ४९ हजार ८३८ रकम मात्र बुझाएका थिए ।

Esewa
Crest

उनको लुगा उठाउने क्रममा घरको छ्तबाट खसेर मृत्यु भएकोमा मृत्यु दाबी अन्तर्गत बीमाङ्क बापत १५ लाख दुर्घटना बापत १५ लाख र सो अबधिको आर्जित बोनश सहित गरेर जम्मा ३० लाख ५१ हजार ५ सय ६६ को चेक बीमित एवं मृतकका श्रीमानलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै शाखा प्रमुख नरेन्द्र बिष्टले मृत्यु जहिले दुस्खद हुने तर सत्य भएकाले यस बाट हुनसक्ने आर्थिक क्षेती न्यूनीकरण गर्न सबैले बिमा गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS