IME Life New

एलआइसीको साधारण सभा फागुन २५ गते, लाभांश प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को फागुन २५ गते वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो।  साधारणसभामा कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र बोनश शेयर मा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ नाघ्नेछ। कम्पनीले अझै २०७६/७७ को वार्षिक साधारणसभा गर्न बाँकी छ। एक्चुरियल मूल्याङ्कन छिटो नहुँदा साधारणसभा गर्न ढिलाइ भएको हो।

Esewa
Crest

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ३४.४६ प्रतिशत बोनस शेयर र ३५.५३ प्रतिशत नगद लाभांस सहित ७० प्रतिशत लाभांस दिएको थियो। पुँजी बृद्धि भए पछि कम्पनीको लाभांसदरमा कमि आएको हो। पछिल्लो समय कम्पनीले आफ्नो जीवन बीमा व्यवसाय बढाइरहेकोले आगामी वर्षमा लाभांसदर बढाउन सक्ने छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS