IME Life New

एयर बस दुर्घटनामा जापान एयरलायन्सलाई १० करोड अमेरिकी डलरभन्दा बढीको नोक्सान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापनामा गत साता भएको एयर बस हवाई जहाज दुर्घटनाका कारण जापान एयरलायन्सलाई १० करोड ४८ लाख अमेरिकी डलर बराबरको सञ्चालन नोक्सानी भएको तथ्य प्रकाशमा आएको छ।

जापाना एयरलायन्सको विमान जेएल५१६ राजधानी टोकियोको हानेदा विमानस्थलमा अवतरणका क्रममा तट रक्षक विमानसँग ठोक्कि‌ंदा एयर बसमा भीषण आगलागीसँगै विमान ध्वस्त भएको थियो । भीषण आगलागीका बावजुद उद्धार दलले एयर बस ए ३५० जहाजमा सवार सबै चालक दल सदस्यसहित ३७९ जनाको सकुशल उद्धार गरेको थियो । तट रक्षक दलको विमानमा रहेका ६ जना चालक दलका सदस्यमध्ये पाँच जनाको दुर्घटनामा मृत्यु भएको थियो ।

Esewa
Crest

विमानस्थल अधिकारीहरुले एयर बस जहाज अवतरणका क्रममा रहेका बेला विमानस्थलबाट तट रक्षाका लागि प्रयोगमा ल्याइएको विमान उडान भर्दै गर्दा धावन मार्गमै ठोक्किएर दुर्घटनामा परेको हो ।एयर ट्राफिक कन्ट्रोलरहरुको संकेतहरुको आधारमा प्रारम्भिकरुपमा यो निष्कर्ष निकालिएको छ कि तट रक्षक दलको विमानलाई उडान भर्नका लागि एयर ट्राफिक कन्ट्रोलरले कुनै संकेत दिएका थिएनन् ।

निकेई एशियाको समाचार अनुसार, एयरलायन्सले विमानमा भएको क्षतिको पूर्ती अमेरिकी बीमा कम्पनीमार्तफ हुने पुष्टी गरेको छ। विमानको क्षतिपूर्ती बीमा कम्पनीबाट पाइने भएपनि आगामी मार्च ३१ मा सकिने चालू आर्थिक वर्षको वित्तीय प्रक्षेपणमा यो आगलागीबाट पर्ने प्रभावबारे मूल्याङ्कन गरिरहेको छ। अमेरिकी बीमा कम्पनी एआइजीमा सघन जोखिम बीमा अन्तर्गत जापान एयरलायन्सले यो विमानका लागि १३ करोड अमेरिकी डलर बीमांकको हवाई बीमा गरेको थियो ।

एयर बसको ए ३५० मोडेलको जहाज पहिलो पटक यस्तो ठूलो दुर्घटनामा परेको एभिएसन सेफ्टी नेटवर्कले उल्लेख गरेको छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS