IME Life New

एभरेष्ट र प्राइम लाइफ इन्स्योरेन्सद्धारा शाखारहित घुम्ती बीमा सेवा संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले सयुक्त रुपमा घुम्ति बीमा सेवा संचालन गरेका छन् । बीमा समितिद्धारा जारी “शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” मा व्यवस्था भए बमोजिम दुई कम्पनीले सयुक्त रुपमा घुम्ति बीमा सेवा संचालन गरेका हुन् ।

उक्त घुम्ती बीमा सेवा ठाकुरवावा मन्दिर परिसर, ठाकुरद्धारा, बर्दियाबाट एक भव्य कार्यक्रम बिच शुभारम्भ गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरुलाई घरदैलो वाटै बीमा सेवा प्रदान गर्ने उदेश्यले घुम्ती बीमा सेवा संचालन गरिएको हो ।

Esewa
Crest

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइले बीमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बिमा कम्पनी मार्फत घुम्ती बीमा सेवाको अवधारण अगाडी बढाइएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टरार्ईले ग्राहको चाहना बमोजिम भविश्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बीमा योजना प्रस्तुत गरिएको बताएका छन् ।

कार्यक्रममा एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बीमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी महानुभावहरुमा हार्दिक अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS