IME Life New

एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्नका लागि सम्झौता भएको छ । बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिलालाई सहुलियतपूर्ण कर्जा दिनेसम्बन्धी उक्त सम्झौतामा बैंकका नायब महाप्रबन्धक गिरीश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीलाई वित्तीय पहुँच पुर्याउन संयुक्त प्रयास गर्नेछन् ।

Esewa
Crest

बैंकका देशभर ९५ शाखा, १२२ एटीएम र ३० रकम संकलन केन्द्र रहेका छन् । यसैगरी हेफर इन्टरनेशनल नेपालले हाल ४१ जिल्लामा साना किसानको दिगो जीविकोपार्जन विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS