IME Life New

एभरेष्ट बैंकको नाफा घट्यो, वितरण योग्य मुनाफा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३६ दशमलव २९ प्रतिशत कमी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा बैंकको ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको जगेडा कोषमा ८ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ संचिती रहेको छ यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ५६ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब १ करोड १७ लाख रुपैयाँ घटेर १ अर्ब ८९ करोड ७ लाख रुपैयाँमा झरेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७८ करोड ३० लाख रुपैयाँ घटेर १ अर्ब ३७ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १ खर्ब ५० अर्ब १८ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब १२ अर्ब २१ करोड रुपैयाँबाट बढेर १ खर्ब १३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.१६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य बढेर ०.१९ प्रतिशत पुगेको छ।यस अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.१२ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS