IME Life New

एभरेष्ट इन्स्योरेन्सको शेयर बजारमा २३ करोड २६ लाख लगानी, बढि मूल्यमा शेयर किन्दा ५९ लाखको प्रोभिजनिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले शेयर बजारमा २३ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवदेन अनुसार दोस्रो बजारमा सूचिकृत १६ वटा कम्पनीमा लगानी गरेको देखिन्छ । २०७७ असार मसान्तको बजार मूल्य अनुसार २३ करोड ९६ लाख रुपैयाँ मूल्याङ्कन देखिन्छ । बजार मूल्य र परल मूल्यको अन्तर भने ९८ लाख २९ हजार रुपैयाँ पर्न जान्छ ।

Esewa
Crest

कम्पनीले बैंक अफ काठमाडौंको १५ हजार कित्ता, एनएमबी बैंकको १० हजार ९१७ कित्ता, कृषि विकास बैंक ३० हजार ४९५ कित्ता, माछापुच्छ्रे बैंकको २५ हजार कित्ता, हिमालयन बैंकको ११ हजार ८६९ कित्ता, कुमारी बंकको १० हजार कित्ता, नेपाल लाइफको १४ हजार एक सय कित्ता, लाइफ इन्स्योरेन्स कर्पोरेसनको १० हजार कित्ता, नविल बैंकको ४ हजार कित्ता, डिप्रोक्स लघुवित्तको ४२१० कित्ता, एनएमबी हाइब्रीड फण्डको ७८ हजार ८७० इकाई, बुटवल पावरको ६०५० कित्ता, नेपाल पुनर्बीमाको १६ लाख १८ हजार १६८ कित्तामा लगानी गरेको छ ।

तत्कालिन समयको बजार मूल्यका आधारमा ११ वटा कम्पनीको मूल्य खरिद मूल्य भन्दा पनि घटेको छ । खरिद मूल्य भन्दा पनि तल झरेपछि कम्पनीले ५९ लाख १५ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ । सबैभन्दा धेरै नेपाल लाइफको १९ लाख ५३ हजार रुपैयाँको प्रोभिजनिङ गरेको छ । त्यस्तै नेपाल लाइफको शेयरमा पनि १० लाख ९ हजार रुपैयाँ प्रोभिजनिङ गर्नु परेको छ ।

यो तथ्याङ्क आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन अनुसारको हो । गत असारदेखि अहिलेसम्मको अवधिमा कम्पनीको वास्तविक तथ्याङ्क परिवर्तन भैसकेको छ । तत्कालिन समयको भन्दा अहिले अधिकाम्स कम्पनीको शेयर मूल्य बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS