IME Life New

एफपीओ र मर्जरबाट प्राप्त आयको कर बुझाउने भोलि अन्तिम दिन, बैंकका शाखा र काउन्टर खुला राख्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एफपीओ र मर्जरबाट भएको आयको कर बुझाउने भोलि मंसिर ३० गते अन्तिम दिन रहेकोले नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने सबै प्रकार शाखा र काउन्टरहरु शनिबार खुला राख्न बैंकहरुलाई निर्देशन दिएको छ।

अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागको अनुरोधमा राष्ट्र बैंकहरुले यस्तो निर्देशन दिएको छ। विभागले भोलि मंसिर ३० गते आर्थिक ऐन, २०८० ले प्रदान गरेको छुट तथा सुविधामा सहभागी हुने अन्तिम दिन रहेको र राजस्वसमेत दाखिला गर्ने समय भएकोले राष्ट्र बैंकले बैंकहरुलाई राजस्व संकलन काउन्टर र शाखाहरु खुला गर्न निर्देशन दिएको हो।

Esewa
Crest

भोलि राजस्व संकलन गर्ने सबै प्रकारका शाखा तथा काउन्टर एवं नेपाल क्लियरिङ हाउस खुला गरी राजस्व बुझ्ने एवं राजस्व जम्मासम्बन्धी चेक क्लियरिङ गर्ने व्यवस्था गर्न गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

सर्वोच्च अदालतले बिहीबार एफपीओको प्रिमियम र मर्जर तथा प्राप्तिबाट हुने आयमा कर लाग्ने आदेश दिएको थियो। बैंक तथा बीमा कम्पनीहरुले मुद्दा हारेपछि आर्थिक ऐन, २०८० बमोजिम त्यस्ता आयको कर दाखिला गर्ने भोलि मंसिर ३० गते अन्तिम दिन रहेको छ। यदि भोलिसम्म कर दाखिला नभएमा अतिरिक्त शुल्क र ब्याज तिर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS