IME Life New

एप्पलविरुद्ध अमेरिकाले दायर गर्यो मुद्दा, शेयरभाउमा पहिरो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाले दिग्गज टेक कम्पनी एप्पलविरुद्ध मुद्दा दायर गरेको छ । स्मार्टफोन बजारमा एकाधिकार र प्रतिस्पर्धालाई दबाएको एप्पलमाथि आरोप लगाइएको छ। मुद्दा दायर भएपछि एप्पलले आफूमाथि लागेका आरोपहरु अस्वीकार गरेको छ।

अमेरिकाको न्याय विभागले पनि एप्पल कम्पनीले आईफोन एप स्टोरमा आफ्नो नियन्त्रणको दुरुपयोग गरेको आरोप लगाएको छ। विभागले प्रतिस्पर्धीका उत्पादनहरुलाई कम आकर्षक बनाउन एप्पलले अवैध कदम चालेको ठहर गरेको छ।

Esewa
Crest

कम्पनीले उपभोक्ता, डेभलपर्स, कन्टेन्ट क्रिएयर, आर्टिस्ट, पब्लिसर्स, साना व्यवसाय र व्यापारीहरुबाट थप पैसा कमाउन आफ्नो मार्केट पावर प्रयोग गरेको आरोप लागेको छ। एप्पलले प्रतिस्पर्धीहरुबाट आइफोनमा स्मार्ट घडीहरु जडान गर्न गाह्रो बनाएको र बैंक तथा अन्य वित्तीय फर्महरुलाई यसको ट्याप–टु–पे टेक्नोलोजी पहुँच गर्नबाट रोकेको विभागको ठहर छ।

एप्पललाई सुपर एप्सको निर्माण रोक्नका लागि पनि आरोप लगाइएको छ। मेटाजस्ता अन्य टेक्नोलोजी कम्पनीहरुले लामो समयदेखि आईफोनमा यस्ता सुपर–एपहरु लन्च गर्न चाहन्छन्। एप्पलले अपनाएका नीतिहरुले एप्पलका केही सेवाहरुसँग प्रतिस्पर्धा गर्ने उपभोक्ता र साना कम्पनीलाई हानी पुरÞ्याइरहेको आरोप लगाइएको छ।

मुद्दा दायर भएपछि वाल स्ट्रिटमा बिहीबार एप्पलको शेयर ४.०९ प्रतिशतले घटेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS