IME Life New

एनसेलले दूरसञ्चार प्राधिकरणलाई पठायो यस्तो जबाफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसेल आजियाटाले शेयर खरिदबिक्रीका विषयमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जबाफ पठाएको छ।

कम्पनीले मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै शेयर खरिदबिक्रीका विषयमा उठाइएको प्रश्नको जबाफ पठाएको हो। जबाफमा कम्पनीले नेपालको शेयर खरिदबिक्री प्रक्रियामा कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ। ‘एनसेल आजियाटा कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकोले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरुक र कटिबद्ध रहेको छ’, पत्रमा भनिएको छ।

Esewa
Crest

मंसिर १५ गते शेयर खरिदबिक्रीको पूर्वस्वीकृति नदिई एनसेल आजियाटा बिक्री सम्झौतामा भएको खुलासा भएको थियो। त्यसपछि प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिदबिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो।

पत्रमा कम्पनीको शेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको सतप्रतिशत सेयर खरिदबिक्री गर्ने सम्बन्धमा आजियाटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडका बीच शेयर खरिदबिक्री सम्झौता भएकोले त्यहाँको पत्रमा उल्लिखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिदविक्री) विनियमावली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित शेयर खरिद कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजात संलग्न गरी प्राधिकरणसमक्ष शेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने उल्लेख छ। बिक्रीका लागि भएको द्विपक्षीय सम्झौतासमेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलनका क्रममा रहेको कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS