IME Life New

एनएमबी बैंकको मुनाफा सवा दुई अर्ब, निक्षेप एक खर्ब ३१ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्षमा दुई अर्ब २७ करोड छ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको तुलनामा मुनाफामा सामान्य बृद्धि गर्न सफल भएको हो गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकमा कूल निक्षेप एक खर्ब ३१ अर्ब ६६ करोड तीन लाख ६८ हजार रुपैयाँ जम्मा गरेको छ ।

चुक्ता पुँजि १३ अर्ब ९५ करोड रहेको बैंकले पुँजि तथा निक्षेप परिचालन गरी सो मुनाफा आर्जन गरेको हो । बैंकको वितरण योग्य मुनाफा भने एक अर्ब ४२ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको तुलनामा १५ करोड रुपैयाँले वितरणयोग्य मुनाफा बृद्धि भएको हो । बैंकले १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आवसँग तुलना गर्दा बैंकको निक्षेप ३४.५० प्रतिशत र कर्जा ३०.७६ प्रतिशत बढेको तथ्याङ्कले देखाएको छ ।

Esewa
Crest

गत आवमा बैंकको खराब कर्जा ०.८२ प्रतिशतबाट बृद्धि भई २.६८ प्रतिशतमा पुगेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा ९६ करोड ४० लाख रुपैयाँ छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा, प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५७ पैसा, मूल्य आम्दानी अनुपात २३.२७ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS