IME Life New

एनएमबि लघुवित्त घाटामा, वितरणयोग्य मुनाफा र ईपीएस पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा संस्थाले ५ करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि संस्थाले ४ करोड ६१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

Esewa
Crest

यो वर्ष संस्थालाई ५ करोड ३७ लाख रुपैयाँले सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष पनि यस्तो घाटा ४ करोड १३ लाख रुपैयाँ भएको थियो।

समीक्षा वर्षमा संस्थाको खुद ब्याज आम्दानी २६ करोड ८९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ३२ करोड ८२ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा १८.०८ प्रतिशतले कम हो।

आव २०८०।८१ मा संस्थाको वितरणयोग्य मुनाफा ४ करोड १६ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ६.३५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ९.५४ प्रतिशत थियो।

चुक्तापुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ५ करोड ५ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा १९ करोड २४ लाख रुपैयाँ छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ ५५ लाख ५४ हजार रुपैयाँले ऋणात्मक रहेको थियो भने रिजर्भमा २० करोड ७९ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा संस्थाले १ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा संस्थाले १ अर्ब ५४ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा वर्षमा संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) ७.४० रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि ईपीएस ६.३९ रुपैयाँले ऋणात्मक थियो। संस्थाको प्रतिशेयर नेटवर्थ १२९.७९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS