IME Life New

एनएमबि बैंकले पनि घटायो ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले मंसिरमा तोकिएको ब्याजदर संशोधन गर्दै घटाएको छ।

एनएमबि बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.७६ प्रतिशत र संस्थागतमा ७.७६ प्रतिशत ब्याजदर दिँदै आएको थियो। बैंकले आज मंसिर २५ लागूदेखि हुने भन्दै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागतमा ७ प्रतिशत ब्याजदर निर्धारण गरिएको सूचना प्रकाशित गरेको छ। एनएमबि बैंकले मुद्दति निक्षेपमा ०.७६ प्रतिशतले ब्याजदर घटाएको छ।

Esewa
Crest

बैंकले कल निक्षेपको ब्याजदर पनि घटाएर २.३० प्रतिशतमा झारेको छ। मंसिर १ गतेदेखि भने बैंकले कल निक्षेपको ब्याजदर २.८०१५ प्रतिशत तोकेको थियो। कल निक्षेपको ब्याजदर ०.५०१५ प्रतिशतले घटेको छ।

यसअघि मंसिर मंसिर १ देखि लागू हुने ब्याजदर पनि बैंकले घटाएर प्रकाशित गरेको थियो। कात्तिकको तुलनामा बैंकले मुद्दति निक्षेपको ब्याजदर १.२४ प्रतिशतले घटाएको थियो। बैंकले कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.००३ प्रतिशत र संस्थागतमा ९.००३ प्रतिशत दिएको थियो।

कुमारी बैंकले हिजो सूचना प्रकाशित गर्दै मंसिरको ब्याजदरमा संशोधन गर्दै घटाएको थियो। एनआईसी एसिया बैंकले पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS