IME Life New

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको नाफा १६९ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले अवधिसम्ममा १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १६९ प्रतिशतले नाफा बढाएको हो।

Esewa
Crest

यस अवधिमा कम्पनीले १ करोड ९० लाख रुपैयाँ वित्तीय आम्दानी गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ७१ लाख ९१ हजार रुपैयाँ थियो। कम्पनीको संचालन नाफा ४१ लाख ५० हजार रुपैयाँबाट बढेर १ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब १३ करोड रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात १८३ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS