IME Life New

एनआरएन इन्फ्रास्टक्चरको ३ वर्षको प्रक्षेपित वित्तीय विवरण निकै कमजोर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले यही यही श्रावण १६ गते देखि ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दैछ । कम्पनीले करिव ३४ करोड बराबरको साधारण शेयर निस्काशन गर्न लागेको हो । सर्वसाधारणहरुलाई ३१ लाख ६० हजार १ सय ८३ कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १०  कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्ता सम्म आवेदन दिन सक्ने छन् ।

श्रावण १६ गते देखि आउने एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओको बारेमा सम्पूर्ण जानकारी

Esewa
Crest

धेरै लगानीकर्ताले यो कम्पनी हाईड्रो कम्पनी भनेका छन् । तर वास्तवमा यो इन्भेस्टमेन्ट कम्पनी हो । अहिले कम्पनीले हाईड्रोपावर कम्पनीमा लगानी गरेको छ।

कम्पनीले  दोर्दी खोला जलविद्युत् आयोजनाको निर्माण गर्ने कम्पनी हिमालयन पावर पार्टनर ,सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित मिडिल तमोर हाइड्रोपावर प्रोजेक्ट, स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लि.द्वारा निर्माणाधीन लिखु जलविद्युत् आयोजना  र  माथिल्लो मैलुङ खोला जलविद्युत् लि.द्वारा प्रवद्र्धित माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनामा लगानी गरेको छ।

कम्पनीको वित्तीय अवस्था :

आर्थिक वर्ष ७५/७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी  २ रुपैयाँ ०४ पैसा रहेको छ भने किताबी मूल्य १०२ रुपैयाँ ०६ पैसा रहेको छ ।

प्रक्षेपित तथ्याङ्क कस्तो छ ?

कम्पनीले आफ्नो विवरण पत्रमा गरेको प्रक्षेपित तथ्याङ्क अनुसार कम्पनीको वित्तीय अवस्था खासै राम्रो देखिएको छैन। आर्थिक वर्ष ७६/७७ मा कम्पनीले २ रुपैयाँ ४ पैसा प्रति शेयर प्रति शेयर आम्दानी प्रक्षेपण गरेको छ भने किताबी मूल्य १०२ रुपैयाँ ०६ पैसा हुने भनेको छ।

त्यस्तै आर्थिक वर्ष ७७/७८ मा कम्पनीले ३ रुपैयाँ ३३ पैसा प्रति शेयर प्रति शेयर आम्दानी प्रक्षेपण गरेको छ भने किताबी मूल्य १०३  रुपैयाँ ४७ पैसा हुने भनेको छ।

र आर्थिक वर्ष ७८/७९ मा  प्रति शेयर आम्दानी ४ रुपैयाँ ३० पैसा र किताबी मूल्य १०४ रुपैयाँ ३७ पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ । यसरी कम्पनीले प्रक्षेपण गरेको वित्तिय विवरणलाई आधार मान्दा ३ आर्थिक वर्ष सम्म निकै कमजोर वित्तीय अवस्था देखिएको छ।

कमजोर क्रेडिट रेटिङ्ग : 
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लि.,जमल, काठमाण्डौंबाट क्रेडिट रेटिङ्ग गराई “केयर एनपि आईपिओ ग्रेड ४” प्रमाणपत्र प्राप्त गरेको छ । केयर रेटिङ्ग नेपाल लि. ले १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ ।  “केयर एनपि आईपिओ ग्रेड ४” ले औसत भन्दा तल आधारहरु जनाउँदछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने + चिन्हले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS