IME Life

श्रावण १६ गते देखि आउने एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओको बारेमा सम्पूर्ण जानकारी

SPIL
NIC ASIA

काठमाडौं । प्रति कित्ता एक सयको दरले एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN Infrastructure and Development Limited ) ले यही श्रावण १६ गते देखि ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दैछ । कम्पनीले करिव ३४ करोड बराबरको साधारण शेयर निस्काशन गर्दैछ ।

उक्त ३३ लाख ९८ हजार ४६ कित्ता मध्य २  प्रतिशत अर्थात ६७ हजार ९ सय ६१ कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ६९  हजार  ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ । अब सर्वसाधारणहरुलाई ३१ लाख ६० हजार १ सय ८३ कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १०  कित्तामा आवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

आवेदन दिने समय :
आईपीओ श्रावण १६ गते देखि श्रावण २१ गते सम्म खुल्ने छ । श्रावण २१ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन तर यदि श्रावण २१ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा भाद्र  ३ गते सम्म समय थप्न सकिने  छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीअओ न्युनतम १० कित्ता देखि अधिकतम  ३१ लाख ६० हजार १८० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

प्रधान कार्यालय :
यस कम्पनीको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं जिल्ला, का.म.न.पा.७, चाबहिलमा रहेको छ ।

कम्पनीको ईतिहास :
यस कम्पनी २०६९/०५/३१ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम-कारोबार गर्दै आइरहेको छ।

पुँजीको अवस्था :
अधिकृत पुँजी : ५ अर्ब  रुपैयाँ
जारी पुँजी : १ अर्ब १३  करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ
चुक्ता पुँजी : ७९ करोड २८ लाख ७७ हजार ५  सय रुपैयाँ( आईपीओ अघि )
आईपीओ बाट संकलन हुने पुँजी : ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ
चुक्ता पुँजी : १ अर्ब १३  करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ ( आईपीओ पछि )

आईपीओ पश्चात कम्पनीको पुँजी संरचना ७० प्रतिशत सस्थापक शेयरधनीको र ३० प्रतिशत सर्वसाधारण शेयरधनीको हुने छ।

आधारभूत शेयरधनीको विवरण :
कम्पनीमा जीवनाथ लामिछाने कार्यकारी अध्यक्षका रुपमा कार्यरत छन् भने सस्थापक शेयरधनीमा एनआरएन अस्ट्रेलिया हाइड्रो ग्रुप प्रा.लि, नेपाल इन्भेस्टमेन्ट कम्पनी, कृष्ण प्रसाद पाण्डे, विश्वनाथ पौडेल, कमल लामिछाने, विनोद कुँवर, केशव प्रसाद सापकोटा, उदयराज कँडेल,  उर्मिला उप्रेती, कुमार प्रसाद पन्त, महेश कुमार श्रेष्ठ, उपेन्द्र महतो रहेका छन् ।

कम्पनीका अनुसार हाल यस कम्पनीमा ७९५ जना संस्थापक शेयरधनीहरू रहेका छन् ।

कुन सेक्टरको कम्पनी :

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले जलविद्युत कम्पनीहरु लगायत ठूला  विकास आयोजनामा लगानी गर्नेछ।  कम्पनी आफैमा हाईड्रोपावर कम्पनी नभएकोले कम्पनीलाई नेपाल धितोपत्र बोर्डले अन्य क्षेत्रमा राखेको छ।  यो इन्भेष्टमेन्ट कम्पनी हो।

कम्पनीले के काम गर्छ ?

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको मुख्य उद्देश्यहरू देहाय बमोजिम रहेका छन् :
✍ पानी, तापिय वायु, सौर्य आदि प्राथमिक ऊर्जाको स्रोतको प्रयोगबाट विधुत् शक्ति उत्पादन गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विद्युत् प्रणाली प्रयोग गरी प्रसारण गर्ने, गराउने । सो उद्देश्य पूरा गर्नका लागि आवश्यक परेमा निर्माणाधीन वा निर्माण भइसकेको, सञ्चालनमा आएको वा नआएको जलविधुत् वा भौतिक पूर्वाधारको परियोजना सञ्चालन गर्ने, गराउने ।

✍उत्पादित विधुतलाई IPMO (Independent Power Market Operator)को  रूपमा विधुत् खरिद गरी आपैले वा अन्य कम्पनीलाई वितरण गरी विधुत् उपभोक्तालाई सेवा पुर्याउने ।

✍ विधुत् उत्पादन, प्रसारण तथा वितरणसम्बन्धी रिसर्च (अनुसन्धान), तालिम, परामर्श सेवा प्रदान गर्ने र आवश्यक अन्य कार्यहरु गर्ने । विधुत प्रसारण लाइनको निर्माण र सञ्चालन गर्ने, गराउने ।

✍ कम्पनीको उद्देश्य सफल गर्न विभागीय स्वीकृति लिई विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र यसको बेलाबेलामा हुने संशोधनको अधीनमा रही विदेशी औद्योगिक तथा प्राविधिक फर्म, कम्पनीहरूको सहयोग, प्राविधिक एवं अन्य सहायता लिने, परामर्श लिने, तिनीहरूलाई कम्पनीको काममा सरिक गराउने, तिनीहरूसँग सम्झौता गर्ने ।

✍ विभिन्न जलविद्युत् परियोजना, पर्यटन, सुरुङ मार्ग, रेल मार्ग, राजमार्ग, होटल व्यवसाय, बिमा, सञ्चार क्षेत्र आदि क्षेत्रमा लगानी गर्ने, गराउने ।

✍ जलविधुत आयोजना निर्माण गर्ने र आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।

✍ स्वदेशी तथा सम्बन्धित निकायहरूबाट स्वीकृति लिई विदेशी व्यक्ति वा कम्पनीहरूसग सम्झौता गरी निजी स्वामित्वमा हाइड्रोपावरसम्बन्धी Design Drawing तथा निर्माणसम्बन्धी काम गर्ने र विधुत उत्पादन गरी बिक्रीवितरण गर्ने, गराउने ।

✍ विधुत उत्पादनसम्बन्धी Micro-Hydro, Wind Power, Solar Power र अन्य नवीकरणीय (Renewable) ऊर्जा,  (Thermal) Power, Design सम्बन्धी आवश्यक प्राविधिक परामर्श सेवा (Engineering Consultancy Service) निर्माण तथा निरीक्षण सुपरिवेक्षण सेवा उपलब्ध गराउने ।

✍जलविधुत उत्पादन गर्न आवश्यक परामर्श सेवा (Engineering Design Consultancy Service निरीक्षण, सुपरिवेक्षण सेवा (Construction Supervision Service) उपलब्ध गराउने ।

✍ उत्पादन गरिएको विद्युत् प्रचलित कानुनब मोजिम स्वदेश तथा विदेशमा बिक्री वितरण गर्ने, गराउने ।

✍ विभिन्न प्रकारका इन्जिनियरिङसँग सम्बन्धित आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गर्न आवश्यक सेवा उपलब्ध गर्ने, गराउने ।

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अन्र्तगत रहेका आयोजनाहरूको हालसम्मको विवरण :

कम्पनीले  दोर्दी खोला जलविद्युत् आयोजनाको निर्माण गर्ने कम्पनी हिमालयन पावर पार्टनर लि.मा हालसम्म रु.३८,०३,५३,९०० (अक्षरेपी अठ्ठतिस करोड तीन लाख त्रिपन्न हजार नोै सय मात्र) प्रतिशेयर रु.१०० दरका ३८,०३,५३९ कित्ता शेयर खरिद गरी उक्त कम्पनीको सञ्चालक समितिमा समेत प्रतिनिधित्व गरिरहेका को छ ।

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित मिडिल तमोर हाइड्रोपावर प्रोजेक्ट ७३ मेगावाटमा यस कम्पनीले आफ्नो  नाममा कायम रहने गरी हालसम्म रकम रु.६,४०,००,०००÷ (अक्षरेपी छ करोड चालिस लाख मात्र) प्रतिशेयर रु.१०० का दरले ६,४०,००० थान शेयर खरिद गरेको छ ।

स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लि.द्वारा निर्माणाधीन लिखु जलविद्युत् आयोजना २८.१ मेगावाटमा यस कम्पनीले आफ्नो   नाममा कायम रहने गरी हालसम्म रु.१०,००,००,००० (अक्षरेपी दश करोड मात्र) प्रति शेयर रु.१०० का दरले १०,००,००० थान शेयर खरिद गरेको छ ।

माथिल्लो मैलुङ खोला जलविद्युत् लि.द्वारा प्रवद्र्धित माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना १४.३ मेगावाटमा यस कम्पनीले आफ्नो  नाममा कायम रहने गरी हालसम्म रकम रु.२,२५,००,००० (अक्षरेपी दुई करोड पच्चिस लाख मात्र) प्रतिशेयर रु.१०० का दरले २,२५,००० थान शेयर खरिद गरेको छ ।

 

वित्तीय विवरण :
आर्थिक वर्ष ७५/७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी  २ रुपैयाँ ०४ पैसा रहेको छ भने किताबी मूल्य १०२ रुपैयाँ ०६ पैसा रहेको छ। प्रक्षेपित तथ्यांक अनुसार आर्थिक वर्ष ७६/७७ मा प्रति शेयर आम्दानी २ रुपैयाँ ०४ पैसा र किताबी मूल्य १०२ रुपैयाँ ९३ पैसा हुने छ । आर्थिक वर्ष ७८/७९ मा  प्रति शेयर आम्दानी ४ रुपैयाँ ३० पैसा र किताबी मूल्य १०४ रुपैयाँ ३७ पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ ।

पूँजीको रणनीति :
आईपीओ पश्चात कम्पनीको पुँजी १ अर्ब १३ करोड हुने छ तर कम्पनीले प्रक्षेपण गरेको विवरणमा कम्पनीले आर्थिक वर्ष ७८/७९ सम्म पुँजी वृद्धिको लक्ष्य राखेको छैन।

नाफा नोक्सान :

कम्पनीले प्रक्षेपित गरेको तथ्यांक अनुसार कम्पनीको खुद मुनाफा, प्रदान गर्ने लाभांश यस प्रकार छ :

क्रेडिट रेटिङ्ग
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लि.,जमल, काठमाण्डौंबाट क्रेडिट रेटिङ्ग गराई “केयर एनपि आईपिओ ग्रेड ४” प्रमाणपत्र प्राप्त गरेको छ । केयर रेटिङ्ग नेपाल लि. ले १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ ।  “केयर एनपि आईपिओ ग्रेड ४” ले औसत भन्दा कमजोर आधारहरु जनाउँदछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने + चिन्हले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

“नोट : माथि गरिएको विश्लेषण प्राप्त तथ्यांक अनुसार गरिएको हो । शेयर आवेदन दिँदा थप अनुसन्धान गर्नु होला। “

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS