IME Life New

एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको लाभांश घोषणा, इकाइधनीलाई कति प्रतिफल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको लाभांश घोषणा भएको छ।

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ।

Esewa
Crest

लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले साउन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १६ गतेसम्म कायम इकाइधनीहरुले उक्त योजनाको घोषित लाभांश पाउनेछन्।

यसैबीच क्यापिटलले लाभांश पुनः लगानीको योजना पनि प्रस्ताव गरेको छ। जसअनुसार इकाइधनीहरुले आफूले लाभांशबापत प्राप्त गर्ने रकम (कर तथा डीपी शुल्क कट्टीपछिको) पुनः उक्त योजनाका इकाइहरुमा लगानी गर्न सक्नेछन्। यसका लागि इकाइधनीहरुले साउन ३२ गतेसम्म नाम दर्ता गराउनुपर्नेछ।

यस योजना सहभागी भई नाम दर्ता गराइसकेका इकाइधनीहरुले पुनः आफ्नो नाम दर्ता गराउनुपर्ने छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS