IME Life New

एनआईसी एशिया लघुवित्तद्धारा शाखा तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले प्रदेश स्तरीय ब्यवस्थापन, शाखा ब्यवस्थापन तथा जोखिम ब्यवस्थापन विषयमा तालिम प्रदान गरेको छ । कम्पनीले शाखा प्रबन्धक लगायत विभिन्न प्रदेश तथा उप्रदेशका बिभिन्न कर्मचारीहरुलाई तालिम तथा कार्यशाखा गोष्ठी मंसिर २८ गते सदूरपश्चिम प्रदेश, २९ गते गण्डकी र बागमती प्रदेश र पुस २ गते लुम्बिनी प्रदेशको विभिन्न स्थानमा सम्पन्न गरेको जनाएको छ ।

१ दिने उक्त सम्मेलनहरुमा जोखिम व्यवस्थापन, जोखिम कम गर्ने विभिन्न रणनिति, ग्राहक छनोटमा ध्यान दिनुपर्ने कुराहरु, अनुशासन, नेतृत्वकर्तामा हुनुपर्ने गुण, लेखा परीक्षणको महत्व तथा प्रभावकारीता, ग्राहक सदस्यता फारमको महत्व, गुणस्तरीय कर्जा लगानी, उद्यमशीलता विकास साथै आगामी दिनमा संस्थाको सेवाहरु उत्कृष्ट बनाउनका लागि आवश्यक निति, नियम तथा निर्णयका बारेमा प्रशिक्षण साथै छलफल गरिएको थियो ।

Esewa
Crest

उक्त सम्मेलनहरुमा संस्थाका अध्यक्ष कपिल ढकालले कर्मचारीले हालसम्म गरेको कामहरुले नै संस्थाले विभिन्न परिसुचकमा नं १ बन्ने छलाङ् मार्न सफल भएको बताउदैँ, कर्मचारीहरुलाई विशेष अनुशासनमा रहेर सेवाग्राही वर्गमा सेवा दिन र विपन्न तथा पिछडिएका वर्गहरुमा वित्तीय पहुँच र डिजिटल पहुँचमा महिलावर्गको सहभागिता पनि लघुवित्त कर्मिको काधमा रहेको बताउँदै अगामी दिनमा समेत गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिए ।

कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष कपिल ढकाल, सञ्चाालक समितिका सदस्य तथा जोखीम ब्यवस्थापन समिती संयोजक प्रकाश बराल, प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख जोखिम अधिकृत विशाल उप्रेती लगायतले प्रशिक्षण दिएको कार्यक्रममा संम्बन्धित प्रदेश प्रमुखहरु, प्रदेश उप प्रमुखहरु, कर्जा असुली प्रमुखहरु, शाखा प्रबन्धकहरुको उपस्थीती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS