IME Life New

एनआईसी एशिया लघुवित्तद्धारा ऋणीलाई असार महिनामा कर्जाको ब्याज छुट दिने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्तले आफ्ना संस्थाका ऋणीहरूलाई असार महिनाको कर्जाको ब्याजमा छुट हुने योजना ल्याएको छ। कोभिड १९ महामारीबाट यस वित्तीय संस्थाका ऋणीहरुलाई परेको प्रभावको मूल्यांकन गर्दै संस्थाले आफ्नै प्रयासबाट यस्तो योजना ल्याइएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा लघुवित्तबाट कर्जा सुविधा दिएका सम्पूर्ण ऋणीहरुले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिशत छुट गरिने सुविधा प्रदान गरिने संस्थाले जानकारी दिएको छ ।

Esewa
Crest

त्यस्तै, अधिक व्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिशत कायम हुनेछ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज÷ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ ।

लघुवित्तले यसअघि नेपाल राष्ट्र बैंकद्वारा २०७७ वैशाख १६ गते कोभिड १९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदर ३ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको समेत तत्काल पूर्ण कार्यान्वयन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS