IME Life New

एनआईसी एशिया लघुवित्तको नाफा ६ करोड ४९ लाखमाथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तले यस अवधिसम्ममा ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५ लाख ४४ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

१ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३७ करोड ५३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड २९ लाख रुपैयाँ थियो।

Esewa
Crest

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड २३ लाख रुपैयाँबाट बढेर १७ करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ८ करोड ७९ लाख रुपैयाँबाट बढेर १० करोड ३२ लाख रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्ममा लघुवित्तले ९७ करोड ९१ लाख रुपैयाँ निक्षेप र १० अर्ब २२ करोड रुपैयाँ सापटीबाट ७ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समिक्षा अवधिसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय २५ रुपैयाँ ३५ पैसा रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.२५ गुणा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS