IME Life New

एनआईसी एशिया लघुवित्तको देशव्यापी वित्तीय साक्षरताका लागि घरदैलो कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्तले देशव्यापी रुपमा वित्तीय साक्षरताका लागि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्ना शाखा कार्यालयको कार्यक्षेत्र भित्र बसोबास गरिरहेका समुदायका मानिस, स्थानीय व्यपारी तथा विद्यार्थीहरुलाई लक्ष्ति गरि वित्तीय साक्षरता जनचेतना कार्यक्रम आयोजना गरेको थियो ।

शनिबार विभिन्न शाखा कार्यालयहरुले देशव्यापी रुपमा गरिएको कार्यक्रममा करिब २ लाख मानिसहरु लाभान्वित भएको संस्थाले जनाएको छ ।

Esewa
Crest

कार्यक्रममा संस्थाका कर्मचारीहरुले समुदायमा मानिसहरु भेला गरेर, स्थानीय व्यपारीहरुको पसल तथा मानिस जमघट हुने स्थानहरुमा वित्तीय साक्षरताको महत्व, लघुवित्तका सेवा सुविधा, बचत, बीमा तथा कर्जाको महत्तव, विप्रेषण, आम्दानी अनुसार बचत गर्ने बानिको बिकास, बचतका प्रकार, डिजिटल बैैकिङ्ग, आवश्यकता अनुसार खर्च गर्ने बानिको विकास आदिका बारेमा जानकारी गराएका थिए ।

संस्थाले डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरी वित्तीय पहुँच तथा वित्तीय साक्षरता, सामाजिक जनचेतना लगायतका विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS