IME Life New

एनआईसी एशिया बैंक र जनरल इन्स्योरेन्स बिच बैंकासुरेन्स संझौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ: एनआईसी एशिया बैंक र जनरल ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका छन्  ।

हाल बैंकको  २ सय ३३ शाखा, २ सय २१ एटीएम काउण्टर, १४ एक्सटेन्शन काउण्टर तथा १५ शाखारहित बैङ्किङ एकाई मार्फत वित्तीय सेवा दिँदै आएको छ । गतअसार मसान्त सम्म बैंकले १ खर्ब ४९ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब २० अर्व रुपैयाँ कर्जा लगानी गरेको छ ।

Esewa
Crest

सम्झौता पश्चात बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीबन बीमा सेवा सम्वन्धी सुविधाका सबै शाखाबाट लिन सक्ने छन् ।

नेपालमा निर्जीबन बीमा ब्यबसाय सुरु गर्ने १८ औ कम्पनीको रुपमा स्थापित जनरल इन्स्योरेन्स कम्पनी नेपालको मुख्य प्रबर्द्धकहरुमा नेपालका प्रमुख बैंक तथा वित्तीय संस्थाहरुका साथै प्रतिष्ठित व्यवसायिक घरानाहरु रहेका छन् । कम्पनीमा मेगा बैंक नेपाल, सेन्चुरी कमर्शियल बैंक, जनता बैंक नेपाल लि, सिभिल बैंक तथा बिकाश बैंक तर्फ मुक्तिनाथ बिकाश बैंक, शंग्रिला बिकाश बैंक, देव बिकाश बैंक, कामना सेवा बिकाश बैंक, गरिमा बिकाश बैंक, लुम्बिनी बिकाश बैंक लगायतको लगानी रहेको छ भने अन्य ३ फाइनान्स कम्पनीहरुले समेत लगानी रहेको छ।

कम्पनीले आगामी ६ महिना भित्र नेपाल भर करिब ४५ शाखा विस्तार गर्ने योजना बनाएको छ, कम्पनीले जनताको घर दैलोसम्म बीमाको पहुच विस्तार गरि फरक तरिकाले निर्जिबन बिमा सेवा दिने कम्पनीको रुपमा आफुलाई स्थापित गराउने रणनीति लिएको छ ।

बीमा समितिबाट करिब ३ महिनाअघि संच्चालन अनुमति पाएको ‘जनरल इन्स्योरेन्स कम्पनीको एक अर्ब रुपैयाँ जारी पुँजी रहेको छ, कम्पनीमा प्रवद्र्धकले ७० करोड रुपैयाँ लगानी गरिसकेका छन् भने ३० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने कम्पनीको योजना रहेको छ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपालले अषाढ ०६ गते बाट निर्जीबन बीमा ब्यबसाय संचालनको सुरुवात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS