IME Life New

एनआईसी एशिया बैंकद्वारा बीमा वापतको २० लाख रुपैयाँ हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई १०–१० लाख गरी कुल २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

जसअनुसार बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५, बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।

Esewa
Crest

उक्त बीमा वापतको चेक निजकी पत्नी रुकमती श्रेष्ठलाई यस बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्वास–६, कञ्चनपुर निवासी रमेश अर्यालको दुर्घटना पश्चात् मृत्यु भएकोमा उनकी पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । निजलाई यस बैंकको पुनर्वास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५५० जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको रू। ३ करोड ५८ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS