IME Life New

एनआईसी एशिया बैंकको खुद नाफा ३ अर्ब माथि, इपीएस कति?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।बैंकले यस त्रैमासको अवधिसम्ममा ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ०७ प्रतिशत बढी हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९ दशमलव २३ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २२ करोड ६ लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १९ पैसा बढेर ३४ रुपैयाँ ८७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.८२ गुणा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष १५.२० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ३६.५५ प्रतिशत र कर्जा ५४.६० प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS